इजरायलबाट मृगौला पिडित बुद्दि बहादुर गुरुङलाई आर्थिक सहयोग हस्तान्तरण।

समाज

इजरायलबाट मृगौला पिडित बुद्दि बहादुर गुरुङलाई आर्थिक सहयोग हस्तान्तरण।
अगस्ट ३ पोखरा :- गण्डकी प्रदेश कास्की मादी गाउँपालिका वडा नं १ सिक्लेस लामाथर निवासी मृगौला रोगी बुद्धि बहादुर गुरुङको उपचारार्थ इजरायलबाट संकलित आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। दुबै (किड्नी फेल) मृगौला रोगी निज गुरुङ भई हाल पोखरामा डायलाईसिस गरिरहेको छ। वहाको आर्थिक अवस्था कम्जोर भएकोले इजरायलबाट खिलाङ्ग निवास घर भैई हाल इजरायलमा कार्यरत  तेज बहादुर गुरुंगले (तेजेन्द्र )ले सानो अभियान संचालन गरि इजरायलबासी नेपालीहरुबाट नेरु १६५६६४( एक लाख पैसट्टीह हजार छ सय चौसट्टी नेपाली रुपिया ) संकलन गरेको थियो।सो रकम पोखरामा मृगौला रोगी बुद्दि बहादुरलाई हस्तान्तरण गरेको छ।डाक्टरको सल्लाह अनुसार वहाको दुवै मृगौला यथासक्दो छिटो प्रत्यारोपण गर्नुपर्ने अवस्था छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 2.00)
Loading...