हिमाली सांस्कृतिक परिवारले दोश्रो चरणमा ३० कलाकारलाई राहत वितरण।

समाज

हिमाली सांस्कृतिक परिवारले दोश्रो चरणमा ३० कलाकारलाई राहत वितरण।
जुलाई १५ हुम तमु /पोखरा:-कोभिड १९ कोरोना भाइरसको महाव्याधि र लामो लकडाउनका कारण प्रभावित भएका हिमाली साँस्कृतिक परिवारमा आवद्ध कलाकारहरुलाई हिमाली साँस्कृतिक परिवारले बुधवार दोश्रो चरणको राहत वितरण गरेको छ। पोखरा ९ पुरानो बसपार्कमा कार्यालय रहेको हिमाली साँस्कृतिक परिवारले हिमालीमा आवद्ध रही नेपाली लोक सँस्कृति जगेर्नाका लागि क्रियाशील ३० जना कलाकारहरुलाई राहत वितरण गरेको छ। कोरोना महाव्याधि एवम लामो लकडाउनले कलाकारिताबाट हुने आम्दानी पनि बन्द भई कलाकारहरुको दैनिक जीवनमा समस्यामा परेकाले संस्थाको तर्फबाट दोश्रो चरणमा चामल, दाल, तेल, नुन, सोयाविन लगायतको प्याकेज वितरण गरिएको कोषाध्यक्ष माधव पोखरेलले जानकारी गराएका छ्न। राहत वितरण गर्दै हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङले समस्याको बेलामा क्लवले अविभावकत्व ग्रहण गर्दै पहिलो र दोश्रो चरण राहत वितरण गरिएको बताउदै अवस्था यस्तो रहिरहे आगामी दिनमा पनि थप राहतको व्यवस्थापन हिमाली साँस्कृतिक परिवारले गर्ने सोंचमा रहेको बताएका छ्न। खाद्यान्न राहत मात्रै होइन कलाकारहरुको स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै यदि कुनै कलाकार बिरामी भएमा उपचारका लागि क्लबले कोषको प्रवन्धको तयारी गरिरहेको जानकारी समेत गराएका छ्न भने कोरोनाको संक्रमण बढिरहेकाले कलाकारहरुलाई सर्तकता अप्नाउन र सजग रहन सबैलाई आग्रह समेत गरेको थियो।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...