गोलबजार नगरपालिकाका सब इन्जिनीयर ५० हजार घुस सहित पक्राउ ।

अपराध

गोलबजार नगरपालिकाका सब इन्जिनीयर ५० हजार घुस सहित पक्राउ ।
जुलाई १९ काठमाडौँ :– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गोलबजार नगरपालिकामा कार्यरत सब इन्जिनियरलाई घुस रकम सहित पक्राउ गरेको छ। अख्तियारको टोलीले शुक्रबार साँझ गोलबजार नगरपालिका ७ स्थित चोहर्वा चोकको चिया पसलबाट सवइन्जिनियर उमा श्रेष्ठलाई पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका डिएसपी मधुकर थापाका अनुसार श्रेष्ठलाई ५० हजार घुस रकमसहित पक्राउ गरिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...