घरमा पार्क गरेको २ वटा मोटर साइकल बिहान चोरी ।

अन्य

घरमा पार्क गरेको २ वटा  मोटर साइकल बिहान चोरी ।

अक्टुबर १८ पोखरा :-७ लाख रुपैयाँ तिरेर किनेको नयाँ ‘बेनली’ बाइक चोरी भएपछि पोखरा २९ भण्डारढिकका सुरज गुरुङ यतिखेर निकै चिन्तामा छन् । अहिले उनी प्रहरीमा आफूले दिएको उजुरीपछिको खोजबिन के भइरहेको छ भनेर बुझ्न धाइरहन्छन् । ‘सिआइडी लगाएका छौं भनेका छन्, हेरौं, पाइन्छ कि,’गुरुङले आशा व्यक्त गरे । गुरुङको घरबाट सोही दिनग १२ प २९०७ र ग १२ प ५११२ नं का दुइटा बाइक एकैपटक हराएको थियो । उनकै साला महेश गुरुङको यामाहा एफजेड बाइक पनि सँगै हराएको हो ।

‘बाइक चोरी भएको हल्लासुनेर आफ्नो बाइक धेरै सुरक्षित गर्न खोजें, झन् त्यही दिनगेटको तालानै फोडेर घरभित्र राखेको बाइक लगिदिए,’ गुरुङले भने,‘राति ११ बजे गेटमा ताला लगाउन जाँदा त्यहीँ भएको बाइक भोलिपल्ट पाँच बजे उठेर हेर्दा थिएन ।’सुरज गुरुङको घरबाट शनिबार राति ती बाइक चोरी भएका थिए । हेन्डल लकसहित भित्र पार्किङ गरेका ती बाइक घरको मुलगेटको तालानै फोडेर चोरले लगेका थिए । त्यसको एक दिनअघि कात्तिक २७ गते शुक्रबार राति भण्डारढिककैसञ्जीव न्यौपानेको ग१३प ३९८१ नम्बरको पल्सर बाइक पनि घर भित्रबाटै चोरिएको थियो ।

बाइक हराएपछि चोर्ने व्यक्तिले उतिबेलै पाटपुर्जा झिक्ने अथवा रातारात चोर बाटो बोर्डर कटाउने कारण पनि मोटरसाइकल पाइने सम्भावना कम हुने सोचेर सितिमिती उजुरी नगरेको सम्बन्धित स्थानीयहरु बताउँछन् । दुई वर्षअघि दशैंका बेला आफ्नो बाइक हराउँदा प्रहरीले उति चासो नदिएको अनुभव सुनाउँदै मोहोरियाका मदन ओझाले भने,‘प्रहरीले नयाँ आइडिया र प्रविधि अपनाउन सके हराएको बाइक समेत भेटिन सक्थ्यो ।’

४ महिनाअघि बाघमाराबाट धु्रवबहादुर शाहीको मोटरसाइकल चोरी भएको थियो । उक्त बाइक केही दिनपछि हेटौंडामा फेला प¥यो । मोटरसाइकलको पाटपुर्जा झिकेर रिकन्डिसन हाउसमा बेच्दै गरेको अवस्थामा मकवानपुर प्रहरीले फेलापारी कास्की प्रहरीलाई जानकारी गराएको थियो । पछि लेखनाथ इलाका प्रहरीकार्यालयको माध्यमबाट शाहीले आफ्नो ाइक फेला पारे ।

हराएको बाइकहरु पाइन्छ भनेर ग्यारेन्टी गर्न नसकिएपनि पछिल्लो क्रममा यस्ता घटनामा पनि प्रहरी अपरेसन तीव्र बनाइएको प्रहरी बताउँछ । अहिले लेखनाथ स्थित इलाका प्रहरी कार्यालयको मुद्दाफाँटमा अनुसन्धानको क्रममा बाइक चोरीका केस पनि थपिने गरेका छन् । यस्ता केस सल्टाउन प्रहरीले सबै जिल्ला तथा इलाका प्रहरीमा परिपत्र गर्ने तथा स्थानीय मोटरवर्कसप तथा रिकन्डिसन हाउस सर्च अपरेसन बढाइरहेको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...