गण्डकी प्रदेशको पर्बत र स्याङ्गजामा ५ -५ जना नया कोरोना संक्रमित पुष्टि।

स्वास्थ्य

गण्डकी प्रदेशको पर्बत र स्याङ्गजामा ५ -५ जना नया  कोरोना संक्रमित पुष्टि।
जुन २ पोखरा :-गण्डकी प्रदेशका २ जिल्लामा म‌ंगलबार बिहान १० जना काेराेना संक्रमित थपिएका छन् ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्वतमा पहिलाेपटक ५ जनामा संक्रमण देखिएकाे छ भने स्याङ्जामा ५ जना थपिएका हुन् । स्याङ्जाकाे चापाकोट नगरपालिका ठेगाना भइ सोही नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २२, २६, ३२ र ४० का ४ जना पुरुषमा काेराेना भेटिएकाे छ ।बिरुवा गाउँपालिका घर भएका र बिरुवामै क्वारेन्टाइनमा रहेका २० वर्षे १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ | पर्वतकाे फलेबास नगरपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २० र ४० वर्षका २ जना पुरुष र महाशिला गाउँपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका १९, २० र २१ वर्षका ३ जना पुरुष गरी पर्वत जिल्लामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ |उनीहरु सबैलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएकाे छ | यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ|

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...