गण्डकी प्रदेशमा कोभिड-१९ संक्रमित १९ पुग्यो।

स्वास्थ्य

गण्डकी प्रदेशमा कोभिड-१९ संक्रमित १९ पुग्यो।
मे २९ पोखरा :- गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देबचुली नगरपालिका का १९ र २१ बर्षका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाएका छन्। संक्रमितहरुलाई मध्यबिन्दु जिल्ला अस्पताल लैजाने तयारी भइरहेको निर्देशक शर्माले उल्लेख गरेका छन् । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ । बिहीबार मात्रै गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहाबार प्रदेशको म्याग्दी जिल्लामा पहिलोपटक १ जना पुरुषमा भाइरसको संक्रमण देखिएको हो । प्रदेशको स्याङ्जा जिल्लामा हालसम्म ४ जना पुरुष र १ महिला गरि ५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।गण्डकी प्रदेशको नवलपुरमा हालसम्म ५ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी प्रदेशको बागलुङ जिल्लामा हालसम्म ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।बागलुङका २ जना संक्रमित उपचारपछि घर फर्कीसकेका छन् ।यस अघि संक्रमित एक जना लमजुङका भनिएका बालक भने धादिङ् जिल्लाका भएको निर्देशक शर्माले बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...