गण्डकी प्रदेशमा ३२ जना नया कोरोना संक्रमित,प्रदेशमा कुल संक्रमित ७२९।

अन्य

गण्डकी प्रदेशमा ३२ जना नया कोरोना  संक्रमित,प्रदेशमा कुल संक्रमित ७२९।
जुन २४ पोखरा :-गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय २९ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणकाे नतिजा अनुसार बुधबार बिहान प्रदेशका कास्कीसहित ८ जिल्लामा ३२ जनामा काेराेना पुष्टि भएकाे छ ।पछिल्लाे विवरण अनुसार लमजुङमा ५, पर्वतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गाेरखा, तनहुँ र १/१ जनामा काेराेना पुष्टि भएकाे छ । बागलुङमा ९, नवलपुरमा थप ३ जनामा काेराेना पुष्टि भएकाे निर्देशनालयले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । लमजुङकाे मध्यनेपाल नगरपालिकाका ४ पुरुष, बेसिसहर नपाका १ महिला, पर्वतकाे कुस्माका १ महिला, स्याङ्जाकाे आँधिखाेला र अर्जुन चाैपारी गापामा १/१ पुरुष, बालिङमा ३० महिने बालिकासहित २४ वर्षे १ महिला र ३ पुरुषमा काेराेना पुष्टि भएकाे हाे ।कास्कीकाे पाेखरा महानगरका १ पुरुष र २ महिला, मादी गाउँपालिकामा १ पुरुष र १ महिलामा काेराेना देखिएकाे हाे ।गाेरखाकाे गण्डकी गाउँपालिकाका १ पुरुष, बागलुङकाे बरेङ गाउँपालिकामा ८ रजैमिनी गाउँपालिकामा १ जनामा काेराेना पुष्टि भएकाे छ ।तनहुँकाे देवघाट गाउँपालिकाका १ पुरुष, नवलपुरकाे गैंडाकाेट नपाका ३ महिलामा समेत काेराेना देखिएकाे छ । पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...