गायिका आस्था राउत चार हजार रुपैया धरौटीमा रिहा ।

अन्य

गायिका आस्था राउत चार हजार रुपैया धरौटीमा रिहा ।
जनवरी २८ काठमाडौँ :-प्रहरी माथि दुर्व्यवहार गरेको आरोपमा ‘अभद्र व्यवहार’को मुद्दा खेपेकी गायिका आस्था राउत छुटेकी छन् ।उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज चार हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । आस्थाविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचका क्रममा दुर्व्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले उजुरी दिएकी थिइन् । आस्थाविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी भएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...