गाई काटेको अभियोगमा एक जनालाई १२ बर्ष कैद |

अपराध

गाई काटेको अभियोगमा एक जनालाई १२ बर्ष कैद |
जुन ३ अर्घाखाँची,:-अर्घाखाँचीमा गाई मारेको अभियोगमा एक जनालाई जिल्ला अदालतले जेल सजायको फैसला गरेको छ । आइतबार भूमिकास्थान नगरपालिका–२ भोटेपोखराका यमबहादुर खत्रीलाई गाई मारेको अभियोगमा जिल्ला अदालत अर्घाखाँचीले १२ वर्षको जेल कैद सजायको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको इजालसले खत्रीले गोठमा बाँधेका एउटा रातो र दुई वटा कालो गाई बञ्चरोले टाउकोमा प्रहार गरेर हत्या गरेकाले १२ वर्ष कैद फैसला सुनाइएको सुचना अधिकारी टेकराज गैरेले बताए ।मुलुकी ऐन चौपाया महलको १ र ११ नम्बर बमोजिम खत्रीलाई सजाय सुनाइएको हो । छिमेकी बलदेव भाटले खत्रीविरुद्ध जाहेरी दिएका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...