फ्रान्सको प्रसिद्द नोट्रे डाम कथिड्रलमा आगलागी ।

विदेश

फ्रान्सको प्रसिद्द नोट्रे डाम कथिड्रलमा आगलागी ।
अप्रिल १५ पेरिस :- फ्रान्सको पेरिस स्थित प्रसिद्ध नोट्रु-डाम कथिड्रलमा आगलागी भएको छ।आगलागीको कारण खुल्न सकेको छैन, तर अधिकारीहरूले जीर्णोद्धार कार्यसँग आगलागीको सम्बन्ध हुन सक्ने बताएका छन्। साढे ८०० वर्ष पुरानो गोथिक भवनमा लागेको आगो नियन्त्रणमा लिन ठुलो स्तरमा प्रयास भइरहेको छ।तर कथिड्रलको छाना र चुचुरो ध्वस्त भएको बताइएको छ।आगलागीको दृश्य हेर्न सयौँ मानिस सडकमा निस्केका छन्। घटनास्थल पुगेका राष्ट्रपति एमानुएल माक्रोँले "सबै क्याथोलिक र फ्रान्सेली नागरिकप्रति आफ्नो समवेदना रहेको" बताएका छन्।उनले भने, "मेरा सबै देशवासीका जस्तै म पनि आज राति हाम्रो एउटा अंश जलिरहेको देखेर दुःखी छु।"राष्ट्रपति कार्यालयका एक अधिकारीका अनुसार आगलागीपछि देशका नाममा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम स्थगित गरेका छन् | आगलागी नियन्त्रणबारे एउटा उपाय सुझाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गरेका छन्।क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि आगलागीको घटनाप्रति चिन्ता व्यक्त गरेका छन्।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...