ईरान र ईजरायल दुवै देशलाई संयम अपनाउन युरोपेली देशहरुको आव्हान |

अन्य

ईरान र ईजरायल दुवै देशलाई संयम अपनाउन युरोपेली देशहरुको आव्हान |
मे १० काठमाडौँ :-मध्यपूर्वका दुई देशहरु इजरयल र इरानबीच सैन्य तनाव बढ्दै गएपछि अमेरिकाले इरानलाई उक्साहटपूर्ण गतिविधि गरेको आरोप लगाएको छ।युरोपेली देशहरूले भने दुवै देशलाई संयम अपनाउन आह्वान गरेका छन्।बुधवार राति इजरयलले सिरियामा रहेका इरानी सैन्य संरचनाहरूमा हवाई आक्रमण गरेको जनाएको छ।इरानले गोलान हाइट्समा क्षेप्यास्त्र प्रहार गरेको उसको आरोप छ। इजरेयल र इरानबीच तनाव चर्कँदै गएर दुवै देशले एकअर्काका सैन्य निशानामा प्रत्यक्ष आक्रमण थालेपछि ह्वाइट हाउसले त्यसका लागि इरानको रेभ्युल्युश्नरी गार्डलाई जिम्मेवार ठहर्‍याएको छ।अमेरिकाले इरानसँगको परमाणु सम्झौताबाट बाहिरिने घोषणा गरेलगत्तै इजरेयल र इरानबीच सैन्य तनाब चर्किएको छ। २ देशले एकअर्काका सैन्य निशानामा प्रत्यक्ष आक्रमण थालेपछि ब्रिटेन, फ्रान्स, जर्मनी र रुसले संयम अपनाउन आह्वान गरेका छन्।इजरेयलले बुधवार राति उसले गरेका हवाई आक्रमणमा सिरियामा रहेका सबै इरानी सैन्य पूर्वाधार निशानामा पारिएको बताएको छ। गोलान हाइट्समा रहेको उसको सैन्य अखडामा इरानी रेभ्युल्युश्नरी गार्डले २० वटा क्षेप्यास्त्र प्रहार गरेपछि ती हवाई आक्रमण गरिएको इजरेयलको भनाइ छ।विश्लेषकहरू भन्छन् मध्यपूर्वका यी दुई कट्टर क्षेत्रीय दुश्मनबीच प्रत्यक्ष सैन्य लडाइँ चर्कने डरले विश्वव्यापी चिन्ता बढेको छ।सिरियाली अभियानकर्मीहरूका अनुसार इजरेयलले गरेका आक्रमणमा कम्तीमा २३ जना मानिस मारिएका छन्।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...