दुवईमा ”नया बर्ष सांस्कृतिक धमाका २०७६ ”को तयारीमा कास्की आदर्श समाज |

विदेश

दुवईमा  ”नया बर्ष सांस्कृतिक धमाका २०७६ ”को तयारीमा कास्की आदर्श समाज |
माघ ११ युएई :-कास्की आदर्श समाजले नेपाली नयाँ वर्षमा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।कास्की आदर्श सेवा समाज युएईको आयोजनामा नयाँ वर्ष २०७६ को पावन अवसर पारेर भव्य साँस्कृतिक कार्यक्रम हुने भएको छ । युएईको नेपाली सामाजिक गतिविधिमा सक्रिय जिल्ला स्तरीय समाज कास्की आदर्शले यस कार्यक्रमबाट प्राप्त मुनाफा आपद विपदमा परेका युएईमा कार्यरत कस्केलीहरुको उद्दार तथा सहयोगका लागि "आपतकालीन कोष" स्थापना गर्ने जनाएको छ । आगामी अप्रिल १२ का दिन दुवईको बरदुवई स्थित होलिडे इन (Holiday In) होटलको हलमा नेपालका राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु वरिष्ठ लोकदोहोरी गायक एवं कुशल कार्यक्रम प्रस्तोता चोलेन्द्र पौडेल, चर्चित लोकदोहोरी गायिका तुलसा क्षेत्री, हास्य कलाकार पोख्रेली माग्नेबुढा युवराज भण्डारी तथा युएईमा कार्यरत नेपाली कलाकारहरूको बेजोड प्रस्तुति रहने समाजका अध्यक्ष केदार कुँवरले बताएका छन् । "नयाँ वर्ष साँस्कृतिक धमाका २०७६" नाम दिइएको उक्त कार्यक्रमको आयोजना समाजले पहिलोपटक गर्न गईरहेकोले युएईमा कार्यरत सबै कस्केली तथा गैरकस्केली नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उपस्थितिको लागि अनुरोध गरेको छ । साथै ऊक्त दिनमा कार्यक्रम नजुधाई सँस्थागत सहकार्य तथा ऐक्यबद्धताका लागि युएईमा सक्रिय सम्पूर्ण सामाजिक तथा अन्य संघसंस्थाहरुलाई कास्की आदर्श समाज युएईका उपाध्यक्ष तथा साँस्कृतिक बिभाग प्रमुख राजेश श्रेष्ठले सस्थाको तर्फ़बाट अनुरोध गरेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...