दुई नम्बर प्रदेश स्थानीय तहको निर्बाचन शान्तिपूर्ण, मतपरिणाम ५ दिन भित्र आउने ।

अन्य

दुई नम्बर प्रदेश स्थानीय तहको निर्बाचन शान्तिपूर्ण, मतपरिणाम ५ दिन भित्र आउने ।

सेप्टेम्बर १८ काठमाडौँ :- दुई नम्बर प्रदेश अन्तर्गत स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा तराईका आठ जिल्लामा भइरहेको आजको मतदान अहिलेसम्म ६३ प्रतिशत मत खसेको छ ।

 विहान सात बजेदेखि सुरु भएको तराईका आठ जिल्लाका १ सय ३६ वटा स्थानीय तहमा जारी मतदानमा अपरान्ह दुर्इ बजेसम्ममा ६३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो जानकारीअनुसार सबै मतदान केन्द्रमा मतदाता ठूलो संख्यामा लामबद्ध भई शान्तिपूर्ण एवं उत्साहजनकरूपमा मतदानमा सहभागी भइरहेका छन् ।

प्रदेश नं २ का एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा आज भएको निर्वाचनबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी छ हजार ६२७ प्रतिनिधि निर्वाचित हुने छन्।निर्बाचन परिणाम ५ दिन भित्र आउने र मतगणना आज रातिदेखि शुरु हुने भएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...