धुलिखेल अस्पतालमा सुत्केरी महिलाको मृत्यु पछि उनि पुगेको सबै ठाउँ सिल ।

अन्य

धुलिखेल अस्पतालमा सुत्केरी महिलाको मृत्यु पछि उनि पुगेको सबै ठाउँ सिल ।
मे १६ काठमाडौँ :-धुलिखेल अस्पतालमा सुत्केरी महिलाको ज्यान गएपछि उनी पुगेको विभिन्न ठाउँमा सिल गरिएको छ ।धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि महिलाको गाउँ, माइती गाउँ र पहिलोपटक पुगेको बाह्रबिसे स्वास्थ्य चौकीलाई सिल गरिएको छ ।उनको गाउँ बाह्रबिसे नगरपालिका–९ राम्चे, बाह्रबिसे स्वास्थ्य चौकी र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । अब ती वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र प्रवेश गर्न पाउने छैनन् । धुलिखेल अस्पतालमा २९ वर्षकी सुत्केरी महिलाको मृत्यु भएको र उनी कोरोना भाइरसको सम्भावित संक्रमित रहेकाले पूर्वतयारी स्वरुप उनको गाउँ र माइती गाउँ क्षेत्रमा सचेतना अपनाइएको उनले बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...