चितवनमा ने बि संघ र प्रहरी बीच झडप |

राजनीति

चितवनमा ने बि संघ र प्रहरी बीच झडप |
माघ १९ काठमाडौँ :-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भात्री संगठन ने वि संघले नारायणगढमा गरेको प्रदर्शनको क्रममा प्रहरी र विद्यार्थीहरुबीच झडप भएको छ ।झडपको क्रममा वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रामप्रसाद गौतम सहित दुई जना घाइते भएका छन् । घाईते मध्ये प्रहरी निरीक्षक गौतमको अवस्था केही गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक शुसील सिंह राठौरले जानकारी दिए । उनले प्रहरी संयमित हुँदा हुँदै नेविसंघकै कार्यकर्ताहरुले प्रहरी माथि आक्रमण गरेको बताए । यता विद्यार्थी नेताहरुले भने प्रहरीले पुत्ला जलाउने क्रममा हस्तक्षेप गरेपछि सामान्य झडपको अवस्था सिर्जना भएको बताएका छन् । उनीहरुले नारायणगढको पुलचोक देखि लायन्सचोक सम्म राँके जुलुस निकालेका थिए । सो क्रममा नेविसंघका विद्यार्थीहरुले सरकारको विरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् । सरकार सञ्चालनमा असक्षमता प्रस्तुत गरेको भन्दै पुत्ला दहन गरेको नेविसंघले जनाएको छ । पुत्ला दहन कार्यक्रममा बोल्दै विद्यार्थी नेताहरुले अहिलेको सरकार अधिनायकवादतर्फ अघि सरेको आरोप लगाएका छन् । नारायणगढमा नेबिसंघ चितवनका अध्यक्ष सूर्य ढकालको नेतृत्वमा निकालिएको र्‍यालीमा सहभागिहरुले सरकार बिरोधी नाराबाजी गरेका थिए । नेविसंघले आजै भरतपुरमा पनि मसाल जुलुस निकाल्दै प्रधानमन्त्रीको पुत्ला जलाएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...