चितवनमा १० दिनमा १० जनाको सडक दुर्घटनामा मृत्यु ,५६ घाइते |

समाज

चितवनमा १० दिनमा १० जनाको सडक दुर्घटनामा मृत्यु ,५६ घाइते |
कात्तिक ६ चितवन,नेपालीको महान पर्व वडादशैंको समयमा चितवनमा १७ वटा सडक दुर्घटना भएका छन् । घटस्थापनाको दिनदेखि बडा दशैंको दिनसम्म भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको हो । दुर्घटनामा ५६ जना घाइते भएका छन् । चितवनको मुख्य राजमार्ग क्षेत्रमा बढि सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ट्राफिकले यो अबधिमा सिटको क्षमता भन्दा बढि यात्रु राख्ने ४७ सवारीसाधनलाई कारवाही गरी ४७ हजार जरिवाना गराएको छ । यस्तै यात्रुबाट बढि पैसा असुल्ने ७३ गाडीलाई कारवाही गरि १ लाख ९ हजार ५ सय रुपैंया यात्रुलाइनै फिर्ता गराइएको छ । ट्राफिकले मापसे सेवन गरी सवारीसाधन चलाउने २९ जनालाई कारवाही गरि २९ हजार रुपैंया जरिवाना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेद प्रसाद गौतमले जानकारी दिए । उनले २ सय १० जनालाई अन्य विभिन्न कारवाही गरि १ लाख ७० हजार ५ सय राजश्व संकलन गरिएको बताए । दशैको समयमा यात्रु साहयता कक्ष र आकस्मिक चेकजाँचलाई समेत कडाई गरिएको गौतमको भनाई छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...