चितवनका किसानले मूल्य घटाएको बिरोधमा दुध सडकमा पोखे |

कृषि/पशुपालन

चितवनका किसानले मूल्य घटाएको बिरोधमा  दुध सडकमा पोखे |
जुलाई २२ चितवन :- चितवनका किसानले सडकमा दूध पोखेका छन् । दूधको मूल्य घटाएको विरोधमा पूर्वीचितवनको खैरहनी नगरपालिका–१ ज्यामिरेमा खैरहनी नगरस्तरीय दुग्ध सहकारी समन्वय समितिले पूर्वपश्चिम राजमार्गको ज्यामिरेमा करिब ५०० लिटर दूध पोखेका हुन् । सरकारी स्वामित्वको डीडीसीले नै दूधको मुल्य ३ रुपैयाँ घटाएको र त्यसलाई आधार देखाएर निजी डेरी उद्योगहरुले समेत दूधको मूल्य घटाएको भन्दै किसानहरु आन्दोलित भएका हुन् । निजी डेरी उद्योगहरुले यसअघि पनी जेठमा २ रुपैयाँ ३७ पैसाँ दूधको मूल्य घटाएको थियो । माग बढ्ने र उत्पादन घट्नेबेलामा समेत दूधको मूल्य घटाएको केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष रामेश्वर पोखरेलले बताए । विदेशबाट आयत गरिएको कम गुणस्तरको पाउडर दूधको कारणले नेपाली किसानहरुले उत्पादन गरेको दूधको मूल्य घटाइएको भन्दै उनले पुरानो मूल्य कायम नगरिए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए । किसानले बिक्री गर्ने दूधको मूल्य घटाइए पनि उपभोक्ताले खरिद गर्ने मूल्य भने घटेको छैन । किसानहरुले खरिद गर्ने दाना , चोकर , औषधिलगायतको बस्तुको मूल्य सरकारले नियन्त्रण नगरेको तर किसानले उत्पादन गरेको दूधको मूल्य घटाएको भन्दै खैरहनी नगरस्तरिय दुग्ध सहकारी समन्वय समितिका संयोजक मुकुन्द दवाडीले दूधको लागत मूल्य घटाउन माग गरे । विरोध कार्यक्रममा बोल्दै दुग्ध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष हरिहर सुवेदीले दूधको तत्काल मूल्य पुनरावलोकन नगरिए किसानहरुले सडक आन्दोलन चर्काउने चेतावनी दिए ।   रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...