चितवनमा भएको कोरोना विशेष अस्पतालको चोरी र अनियमितताका दोषीलाई कारबाही नगरॆ बिप्लव नेतृत्वको नेकपाले कारबाही गर्ने ।

राजनीति

चितवनमा भएको कोरोना विशेष अस्पतालको चोरी र अनियमितताका दोषीलाई कारबाही नगरॆ बिप्लव नेतृत्वको नेकपाले कारबाही गर्ने ।
एप्रिल २८ चितवन :-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चितवनको कोरोना विशेष अस्थायी अस्पतालमा भएको चोरी र अनियमितताका दोषिलाई कारवाही गर्न माग गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै चितवन जिल्ला सेक्रेटरी विजय शर्माले सत्ताको संरक्षणमा कर्मचारीले जनताको रगत र पसिनाद्धारा निर्माण गरिएको कोरोना अस्पतालमा चोरी भएको घटनाप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तीमा भनिएको छ,‘हाम्रो पार्टी यस्तो घृणित कार्यप्रति खेद प्रकट गर्दछ,घटनामा संलग्न कर्मचारीलाई कडा कारवाही गर्न माग गर्दछ ।’ घटनालाई टालटुल पारी दोषिलाई उन्मुक्ती दिए पार्टीले त्यस्ता व्यक्तीलाई कारवाही गर्ने विज्ञप्ती मार्फत चेतावनी दिइएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...