छङ्अप समाज दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन, रुबिन रेग्मीको नेतृत्वमा कार्यसमिति चयन।

विदेश

छङ्अप समाज दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन, रुबिन रेग्मीको नेतृत्वमा कार्यसमिति चयन।
भदौ २२ बोम्जन गुरुङ/सउल, कोरिया:-दक्षिण कोरियामा सयभन्दा बढी संघ-संस्था र संगठनका विच छङ्अप समाज दक्षिण कोरिया नामक संस्थाको उदय भएको छ । कोरियाको दक्षिणी भेग छल्लाफोक्दो क्षेत्र अन्तर्गत विशेषत: ख्वाङ्जु, छन्जु, इक्सान र सिन्थेइन लगायतका ठाउँमा रहेका नेपालीहरुलाई समेट्दै कोरियाभित्र पासाङ शेर्पाको विशेष संयोजकत्वमा सो संस्थाको १४ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । कोरियामा रहेका नेपालीहरुलाई पर्ने हरेक समस्या र दुःखको बेला बन्धुत्व र मानवीय संवेदनालाई मध्यनजर गर्दै विशुद्ध सामाजिक सेवाको अवधारणा सहित ०६ सेप्टेम्बर २०२०मा संस्थाको पहिलो कार्यसमिति गठन गरिएको नवगठित कार्यसमिति अध्यक्ष रुबिन रेग्मीले बताए । अब छिट्टै नै कार्यसमितिको पहिलो बैठक बसेर आवश्यकतानुसार, कार्यसमिति सदस्य थपघट सल्लाहकार र विभागीय संयोजकहरु चयन गरिने र हरसम्भव नेपालमा पनि संस्थाले विभिन्न समन्वयात्मक भूमिका गर्ने संस्थाले लक्ष्य लिएको तर्क अध्यक्ष रेग्मीले अघि सारे । कोरियास्थित सबै संघसंस्था र संगठनहरुलाई आवश्यक मार्गनिर्देशन, सुझाव, समन्वय र सहकार्यको लागि छङ्अप समाज दक्षिण कोरियाले हार्दिक आग्रह गरेको छ ।छङ्अप समाज दक्षिण कोरियाको नवगठित कार्यसमितिको स्वरुप यसप्रकार रहेको छ । सल्लाहकार - पासाङ शेर्पा अध्यक्ष - रुबिन रेग्मी उपाध्यक्ष - बिजय राई उपाध्यक्ष - तोया चौलागाईं सचिब - मदन कुमार गौतम सहसचिव - रबिन भुजेल कोषाध्यक्ष -बिबेक जङ ठकुरी सदस्य -सुबास राई सदस्य - राजेन्द्र राई सदस्य - आकाश नेपाली सदस्य - मनोज रेग्मी सदस्य - बाबुराम आचार्य सदस्य - टीका छन्तेल सदस्य - केशव बहादुर खड्का सदस्य - कार्सक तामाङ

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...