चालकहरुले यातायात ठप्प पारे पछी यात्रु मर्कामा |

अन्य

चालकहरुले यातायात ठप्प पारे पछी यात्रु मर्कामा |
असोज ४ काठमाडौं:-नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले राजधानी बाहिर सार्वजनिक यातायात ठप्प पारेको छ । सरकारले ल्याएको सवारी ऐन चालकमैत्री नभएको भन्दै चालकहरुले सवारी साधन ठप्प पारेका हुन् । चालकलाई अपराधी सरह व्यवहार गरिएको भन्दै ऐनको संशोधन हुनु पर्ने माग राख्दै समितिले देशभरका चालकलाई यातायात नचलाउन भनेको छ । गत मंगलबारदेखि राजधानी बाहिर सार्वजनिक यातायात थप्प पारिएको छ । रुपन्देही, पाल्पा, गुल्मी, कपिलबस्तुलगायतका जिल्लामा सार्वजनिक यातायातका सवारी साधन नचलेपछि जनजीवन प्रभावित बनेको छ । अन्य जिल्लामा पनि चालकहरुको आन्दोलनले बिभिन्न जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...