ब्रिटेनमा भूपू गोर्खा सैनिकको कोरोना संक्रमणबाट मृत्यु ।

अन्य

ब्रिटेनमा भूपू गोर्खा सैनिकको कोरोना संक्रमणबाट मृत्यु ।
मार्च २२ लण्डन:-कोरोनाभाइरस सङ्क्रमणका कारण ब्रिटेनमा बसोबास गरिरहेका एक भूतपूर्व गोर्खा सैनिकको मृत्यु भएको छ ।सङ्खुवासभाका ६६ वर्षीय लीलाबहादुर राईको गत मङ्गलवार लन्डनस्थित नर्थवीक पार्क अस्पतालमा निधन भएको हो।स्वर्गीय राईका छोरा विकास राईले बाथ रोगबाट पीडित आफ्ना बुवालाई झन्डै तीन साता अस्पतालमा राखेपछि गत साता अस्पतालले डिस्चार्ज गरेको बताए। उनले भने, "त्यसको ३-४ दिन पछि उहाँको स्वास्थ्य बिग्रियो, सास फेर्न गाह्रो भयो। त्यसपछि हामीले उहाँलाई मङ्गलवार दिउँसो फेरि अस्पताल पुर्‍यायौँ, तर त्यहीँ बेलुका उहाँको निधन भयो।सन् २००८ देखि उनी बेलायतमा बसोबास गर्दै आएका थिए।अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट नेपालीले ज्यान गुमाएको औपचारिक जानकारी सार्वजनिक भएको थिएन।छोरा विकास राईले आफ्नो बुवा अस्पतालमै सङ्क्रमित भएको हुनसक्ने आशङ्का गरेका छन्।अहिले स्वर्गीय राईको परिवार आफ्नो घरभित्रै अलग्गै (आइसोलेशनमा) बस्दै आएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...