बिस्वकपमा सहभागी खेलाडी र अधिकारीहरु चढेको बिमान आगोलागी |

अन्य

बिस्वकपमा सहभागी खेलाडी र अधिकारीहरु चढेको बिमान आगोलागी |
जुन १९ फिष्टेल न्यूज:-विश्वकप फुटबल अन्तर्गत उरुग्वेसँगको खेलका लागि रुसको शहर रोस्तोभ-अन-Fडोन जाँदै गरेका साउदी अरेबियाका खेलाडी तथा खेल पदाधिकारी चढेको विमानमा आगो लागेको छ । विमानको इन्जिनमा आगलागी भएको हो । तर खेलाडी तथा खेल पदाधिकारी र विमानका अरु सदस्य सुरक्षित रुपमा रोस्तोभ पुगेका छन् । साउदी अरेबियाले बुधबार आफ्नो दोस्रो खेलमा उरुग्वेसँग खेल्नेछ । समूह ए मा रहेको साउदी अरेबिया उद्घाटन खेलमा आयोजक रुससँग पराजित भएको थियो । विमानको इन्जिनमा आगो लागे पनि आफ्ना सबै खेलाडी र खेल पदाधिकारी सुरक्षित रहेको साउदी अरेबियाले जनाएको छ । उसले भनेको छ, ‘साउदी राष्ट्रिय टिमका सबै खेलाडील सुरक्षित रुपमा आइपुगे र अहिले आ आफ्नो होटलमा बसेका छन् । विमानमा लागेको आगो सानो दुर्घटनामा मात्रै थियो ।’ arabnews

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...