भोजपुरमा बिप्लव माओबादी समूह र प्रहरीको भिडन्त,२ को मृत्यु ।

राजनीति

भोजपुरमा बिप्लव माओबादी समूह र प्रहरीको भिडन्त,२ को मृत्यु ।
जुलाई १० भोजपुर :- नेकपा माओवादाीको विप्लव समुहको आक्रमणमा परी एक जना प्रहरी जवान शहीद भएका छन् । भोजपुर जिल्लाको सदरमुकाममा बुधबार विहान नेत्रविक्रम चन्द विप्लव समूह र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान सन्जीव राई र विप्लव समूहका जिल्ला स्तरीय नेता निरकुमार राईको मृत्यु भएको हो । अर्का एक प्रहरी सोम भट्टराई घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बुधबार विहान करिब ९ बजेतिर भोजपुर सदरमुकामस्थित शनिबारे हटियामा रहेको पान्धारे होटल नजिकै विप्लव कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान राईलाई गोली हानेका हुन् । जवाफी कारबाहीमा विप्लव समूहका निरकुमारलाई पनि गोली लागेको थियो । भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले घटनाको पुष्टी गरेका छन् । उनले विप्लव समुहका कार्यकर्ताले गस्ती रहेको प्रहरीलाई पछाडिबाट झुक्याएर गोली हानेको बताएका छन् ।खोटाङ्ग जिल्ला घर भएका सन्जीव घुमुवा प्रहरी हुन् भने निरकुमार विप्लव समूहका भोजपुर इञ्चार्ज हुन् । घटनास्थलबाट एक थान चाइनिज पेस्तोल र चार राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।यो घटनापछि सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...