बेलायतमा कोरोना सङ्क्रमणबाट ७७ बर्षीय एक भू पु गोर्खाको मृत्यु ।

विदेश    स्वास्थ्य

बेलायतमा कोरोना सङ्क्रमणबाट ७७ बर्षीय एक भू पु गोर्खाको मृत्यु ।
मे १० लण्डन:-बेलायतमा कोरोनाको सङ्क्रमणबाट थप एक भूपू गोरखा सैनिकको शनिबार निधन भएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिनुभयो ।ताप्लेजुङ मैवाखोला स्थायी घर भई राई विगत तीन वर्षदेखि बेलायतको मेडिस्टोनमा आफ्ना श्रीमती, एक छोरा र एक छोरीसहित बस्दै आउनुभएको थियो । हालसम्म बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको सङ्ख्या ४५ पुगेको छ ।बेलायतमा २१५२६० जना संक्रमित छन् र मृत्यु हुनेको संख्या ३१५८७ पुगेको छ ।बिस्वभर विभिन्न देशहरुमा कोरोना संक्रमित नेपालीहरुको संख्या ५५८१ र ज्यान गुमाउनेहरुको संख्या ७८ रहेको छ । रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...