वरिष्ठ सञ्चारकर्मी शान्ति गुरुङद्धारा भाडा वापत करिब ४ लाख रुपैयाँ मिनाहा ।

अन्य

वरिष्ठ सञ्चारकर्मी शान्ति गुरुङद्धारा भाडा वापत करिब ४ लाख रुपैयाँ मिनाहा ।
अगस्ट २० पोखरा  खिमा गुरुङ :-वरिष्ठ सञ्चारकर्मी शान्ति गुरुङले चैत महिनादेखि असोजसम्मको भाडा वापत करिब ४ लाख रुपैयाँ मिनाहा गर्नुभएको छ । देशमा नोवेल कोरोना भाइरसको संक्रमण फैलिएपछि आर्थिक क्षेत्र अस्तव्यस्त भएको र व्यवसायी मर्कामा परेको भन्दै गुरुङले उक्त भाडा छुट गर्नुभएको हो। गुरुङको घरमा सञ्चालीत पोखरा जाभा कफि हाउसका सञ्चालक एकराज न्यौपानेका अनुसार चैत्र देखी आश्विन महिनाको भाडामा तीन महिनाको पुर्ण छुट तथा चार महिनाको आधा मात्रै लेनदेन गर्ने एवं कार्तिक पछाडी पनि बन्दा बन्दी नै रहेमा बत्ति पानीको मात्र बुझाउने , स्थिती सुधार हूँदै गएमा तद्अनुसार गर्दै जाने सौहार्द पुर्ण सहमति भएको बताउनुभयो । यस कार्यले पर्यटन व्यवसायी तथा यस क्षेत्रको संरक्षणमा सहयोग पुग्ने विश्वास लिएको बताइएको छ । कोरोना संक्रमणको जोखिममा सरकारले कोरोना संक्रमण रोक्नका लागि गरेको पहललाई साथ दिँदै आफू र आफ्नो परिवारले यस्तो निर्णय गरेको घरधनी गुरुङले जानकारी दिनुभयो । गुरुङले पर्यटनको विकासमा टेवा पुर्याउने उदेश्यले उक्त व्यवसायीलाई घर भाडामा दिदा एड्भान्स नलिई दश वर्षको लागि सम्झौता गरिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...