अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको सातौं वार्षिक उत्सव तथा साधारणसभा भब्य रुपले सम्पन्न नया नेतृत्वमा कादम्बरी दाना श्रेष्ठ ।

सिनेमा/मनोरन्जन

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको सातौं वार्षिक उत्सव तथा साधारणसभा भब्य रुपले सम्पन्न नया नेतृत्वमा कादम्बरी दाना श्रेष्ठ ।
जुन १७ तेल अभीव :-अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको सातौं वार्षिक उत्सव तथा साधारणसभा भब्य रुपले सम्पन्न भएको छ । शुक्रबार १४ जुन २०१९ तेलअविव इजरायलमा सम्पन्न भएको सो कार्यक्रम अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाकी अध्यक्ष पेमा तामांगको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अथिती एन आर एन एन सी सी इजरायलकी अध्यक्ष शान्ता ज्ञावाली अधिकारी , बिशेष अतिथि नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु , संचारकर्मीहरु , इजरायलवासी नेपालीहरुको उपस्थित रहेका थिए । कार्यक्रममा सातौं वार्षिक उत्सव तथा साधारणसभाका संयोजक एवम् वरिष्ठ उपाध्यक्ष कादम्बरी दाना श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् भने प्रमुख अथिति शान्ता ज्ञवाली अधिकारी, बिशेष अतिथि नरेश कुमार श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रममा कोषाध्यक्ष नुतन भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको औपचारिकता समापन गर्दै कार्यक्रमकी सभापति पेमा लामा तामाङले कार्यसमिति बिगठन भएको घोषणा गरेका लगत्तै साधारणसभाबाट नयाँ समिति घोषणा गरिएको थियो ।

नया कार्यसमिती नामावाली :--

अध्यक्ष:- कादम्बरी दाना श्रेष्ठ,

वरिष्ठ उपाध्यक्ष:- अनिल सिंह राजपुत

उपाध्यक्षहरु:- पदमा गुरुङ,राज लिम्बु ,सारा लामा तामाङ,

महासचिव:- युनिका गुरुङ,

सचिव:- सुर्य राना मगर,

कोषाध्यक्ष;- नुतन भुसाल,

सहकोषाध्यक्ष:- दुर्गा बिसि

सांस्कृतिक बिभाग प्रमुख:- स्वस्तिका श्रेष्ठ,

सांस्कृतिक बिभाग उपप्रमुख:-अन्जु मोक्तान तामाङ

,सांस्कृतिक बिभाग सल्लाहकार:- प्रीनिसा कन्दङ्वा ,

सांस्कृतिक बिभाग सल्लाहकार:- सावित्री राई,

सदस्यहरु:- खुसी निकु , स्वहम सुब्बा,जिना सिंह,जानु क्षेत्रि , सिता छेत्री , कुशुम पुर्जा मगर,कोपिला भट्टराई ,सुदिप लिम्बु,इशा शर्मा र काभ्य क्षेत्रि

संरक्षक :-कृष्ण रायमाझी

प्रमुख सल्लाहकार :- पेमा लामा तामाङ, सीता घिसिङ तामाङ र देब बास्कोटा

 

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...