अन्नपुर्ण क्षेत्रमा प्रवेश गर्दा नेपालीलाई पनि शुल्का लगायो ,स्थानीय निकायको बिरोध |

अन्य

अन्नपुर्ण क्षेत्रमा प्रवेश गर्दा नेपालीलाई पनि शुल्का लगायो ,स्थानीय निकायको बिरोध |
असोज ३१ पोखरा  :- अन्नपूर्ण संरक्षण क्षेत्र प्रवेशमा नेपालीले पनि शुल्क तिर्नुपर्ने भएको छ । यसअघि विदेशीलाई मात्रै शुल्क लिइदै आएकोमा अबदेखि नेपालीले पनि तिर्नुपर्ने भएको हो । अब संरक्षण क्षेत्र प्रवेश गर्दा नेपालीले १ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ । राजपत्रमा सूचना प्रकाशन गरी लागू भएको नयाँ ब्यवस्था अनुसार अन्नपूर्ण संरक्षण क्षेत्र प्रवेश गर्दा नेपालीलाई पनि शुल्क तिर्नुपर्ने भएको हो । नयाँ ब्यवस्था अनुसार विदेशी पर्यटकको लागि लिइने प्रवेश शुल्कपनि बुद्धि गरिएको छ । जस अनुसार सार्कराष्ट्र भित्रका पर्यटकलाई २ सयबाट १ हजार रुपैयाँ र अन्य मुलुकका पर्यटकका लागि २ हजार २ सय ६० बाट ३ हजार रुपैयाँ पु-याएको छ । सरकारी निर्णयप्रति पर्यटन व्यवसायी र स्थानीय जनप्रतिनिधिले समेत विरोध जनाएका छन् । पर्यटन वर्षको संघारमा पदयात्रा शुल्क बढाउनु र स्थानीय प्रतिनिधिसँग समन्वय नगरी नेपालीलाई समेत शुल्क लिने निर्णय गर्नु आपत्तीजनक भएको उनीहरुको टिप्पणी छ ।कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले सरकारको एकलौटी निर्णय फिर्ता हुनुपर्ने बताए ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...