आयल निगमले पेट्रोलको मूल्य दुई रुपैँया घटायो |

अन्य

पुस ०३ काठमाडौँ :- नेपाल आयल निगमले पेट्रोलियन पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटि्टतेलको मूल्यमा प्रतिलिटर २/२ रुपैयाँ घटाउने निर्णय गरेको हो । इण्डियल आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यका आधारमा समायोजन गरिएको निगमले जनाएको छ । अब पेट्रोल लिटरको ११० र डिजेल तथा मटि्टतेल लिटरको ९७ रुपैयाँ पर्छ । हवाइ इन्धन र एलपीजी ग्यासको मूल्य भने पुरानै कायम छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...