आजबाट सरकारी कार्यालयहरु दुई सिफ्टमा खोल्ने नेपाल सरकारको निर्णय।

देश

आजबाट सरकारी कार्यालयहरु दुई सिफ्टमा खोल्ने  नेपाल सरकारको निर्णय।
जुन १५ काठमाडौं :- नेपाल सरकारले आजबाट लगभग सबै जसो सरकारी कार्यालयहरु खुल्ने निर्णय गरेका छन् । जेठ २८ मा बसेको मन्त्रिपरिषद्को निर्णयले आजबाट कार्यालयहरु खुला गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण बढेसँगै गत चैत ११ बाट सरकारी कार्यालयहरु पनि बन्द भएका थिए । मन्त्रिपरिष्द्को बैठकले कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिएको छ । बिहान ८ देखि साँझ ६ बजेसम्म दुई सिफ्टमा काम गर्न भनिएको छ । यद्यपी राष्ट्रबैंकले भने सबै बैंकहरुलाई साबिककै समयमा खुला राख्न निर्दैशन दिएको छ । मन्त्रिपरिषद्को निर्णयबले कार्यालय सञ्चालन गर्नेसम्बन्धी १३ बुँदामा ढाँचा तयार पार्दै बिहान ८ देखि दिउँसो १ बजेसम्म र दिउँसो १ देखि साँझ ६ बजेसम्म गरी २ सिफ्टमा काम गर्ने निर्देशन दिएको थियो ।सरकारी कार्यालय खोल्दा कोभिड–१९ को संक्रमण फैलिन नदिन सुरक्षाका उपाय अवलम्बन गरिने भएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...