आज मात्रै ८१८ जना नयाँ संक्रमित थपिए |

देश    स्वास्थ्य

आज मात्रै ८१८ जना नयाँ संक्रमित थपिए |
अगस्ट २३ बिरगंज :- पछिल्लो २४ घण्टामा ८१८ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।यस सँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ३१ हजार ९३५ पुगेको छ । उनीहरुमध्ये १४९ जनाको मृत्यु भएको छ भने १८ हजार ६३१ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २८१ जना निको भएका छन् ।
कहाँ कति थपिए संक्रमित ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २६६ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ जना छन् । यस्तै पर्सामा १३९ जना संक्रमित थपिएका छन् । सर्लाहीका ९१ जना, धनुषाका ६०, मोरङका ५०, बाराका ३९, महोत्तरीका ३४, नवलपरासीका ३०, रुपन्देहीका २८, काभ्रेका २७, अछामका २३, सिराहाका १४, अर्घाखाँचीका १२, कपिलवस्तु र बाँकेका ११/११ जना र झापाका १० जना संक्रमित भएका छन् । सुनसरी र रौतहटका ९/९ जना, दोलखा, नवलपुर र रुकुम पश्चिमका ६/६ जना, कास्कीका ५, सप्तरी र बैतडीका ४/४ जना, बझाङका ३, रामेछाप, गोरखा, पाल्पा, प्युठान, बर्दिया, जुम्ला र डडेलधुराका २/२ जना र धादिङ, मकवानपुर, रसुवा, सिन्धुली, रुकुम पूर्व, रोल्पा र दार्चुलाका १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १३ हजार संक्रिय संक्रमित हाल १३ हजार १५५ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १३७ जना आईसीयूमा छन् भने १० जनाको भेल्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...