आदेश पाए आन्दोलनमा उत्रिना तयार छन् कैलालीका थारुहरु ।

मूलबासि /भूमिपुत्र

आदेश पाए आन्दोलनमा उत्रिना तयार छन् कैलालीका थारुहरु ।
फागुन २६ कैलाली:-कैलाली जिल्ला अदालतले टीकापुर घटनामा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएपछि कैलालीका स्थानीय थारुहरु आक्रोशित बनेका छन्। राज्यले सरकारमाथि ठूलो दमन गरेको आरोप लगाउँदै उनीहरु आक्रोशित बनेका हुन्। थरुहट थारुवान संयुक्त संघर्ष समिति र थारु कल्याणकारिणी सभा कैलालीले नवलपुरमा गरेकाे कार्यक्रममा उपस्थित स्थानीयहरुले नेतृत्वकर्ताको आदेश कुरिरहेको बताए। ‘टीकापुर घटनामा अदालतको फैसलाले थारुहरुलाई न्याय दिएन। न्यायको लागि सरकार आन्दोलन चाहन्छ भने हामी आन्दोलन गर्न तयार छौं,’ नवलपुरका एक स्थानीयले भने, ‘तपाइँहरुले आदेश दिनुस्। हामीलाई नेतृत्व गर्नुस्। हामी आन्दोलनमा होमिन तयार छौं।’ कैलाली जिल्ला अदालतले जन्मकैद सुनाएका तीन जना नवलपुरकै बासिन्दा हुन्। उनीहरुलाई सहानुभुति दिन पनि संघर्ष समितिले नवलपुरमा कार्यक्रम आयोजना गरेको थियो। अदालतको फैसलापछि पूरा गाउँ आक्रोशित बनेका छ्न्। संघर्ष समितिका कैलाली संयोजक कृष्णकुमार चौधरीले भने यो बेला संयमित भएर अगाडि बढ्नुपर्ने बताए। उनले अदालतको फैसला दुर्भाग्यपूर्ण हुँदाहुँदै चुप लागेर बस्नुपरेको बताए। उनले टीकापुर घटनालाई राजनीतिक मुद्दा बनाएर जन्मकैद सुनाइएका ११ जनालाई रिहाई गर्न सरकारसँग मागसमेत गरे। थाकस कैलालीका अध्यक्ष माधव चौधरीले पनि हतारमा आन्दोलन गर्नुभन्दा पनि रणनीतिक हिसाबले अगाडि बढ्नुपर्ने बताए। अदालतको फैसला एकतर्फी आएको भन्दै उनले त्यसबाट थारुहरु विचलित नहुन आग्रह गरे। कार्यक्रममा दुई जना वडाध्यक्षले नवलपुरका तीन पीडित परिवारलाई आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका थिए। कार्यक्रममा थाकसका पदाधिकारी र अगुवाहरुको सहभागिता थियो। साभार :-थारुवान

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...