स्याङ्जामा २२ जना कोरोना सङ्क्रमित थपिए

स्वास्थ्य

स्याङ्जामा २२ जना कोरोना सङ्क्रमित थपिए
स्याङ्जा, २१ भदौ । स्याङ्जाको पुतलीबजार नगरपालिकामा २२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ९ बजे जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पुतलीबजार नगरपालिकामा २२ जना कोरोना सङ्क्रमित थपिएका हुन् । परीक्षणका क्रममा स्याङ्जाको पुतलीबजार नगरपालिकाका वडा नं १२ मा २ जना, वडा नं  १ मा ७ जना, वडा नं  ३ मा ४ जना, वडा नं  १४ मा ९ जना गरी २२ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि गठन गरिएको उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । नयाँ सङ्क्रमित स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिनुभयो । पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेशमा सङ्क्रमितको सङ्ख्या २५१४ पुगेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...