सिम कार्ड छ महिना प्रयोग नगरे निष्क्रिय, एक वर्षमा स्वामित्व सकिने

अन्य

सिम कार्ड छ महिना प्रयोग नगरे निष्क्रिय, एक वर्षमा स्वामित्व सकिने
१४ भदौ, काठमाडौं। तपाईंले आफ्नो सिम कार्ड एक वर्षसम्म प्रयोग नगरे दूरसञ्चार प्रदायकले त्यसमा तपाईंको स्वामित्व अन्त्य गर्दै अरुलाई बेच्न पाउने छन् । हालसम्मको छ महिनामै निष्क्रिय हुने र स्वामित्व अन्त्य गर्ने प्रावधानलाई नेपाल दूरसञ्चार प्राधिकरणले परिवर्तन गरी एक वर्षसम्म सिममाथिको स्वामित्व अन्त्य गर्न नपाउने व्यवस्था गरेको हो । दूरसञ्चार कम्पनीहरुले छ महिनासम्म प्रयोग नगरेको सिमलाई निष्क्रिय बनाउने र अर्को ग्राहकलाई विक्री गर्ने गर्दै आएका थिए । तर, यसो गर्दा व्यक्तिका बैंक, कर तथा अन्य सूचनाहरुमा अनधिकृत पहुँच बढ्न सक्ने र दुरुपयोग हुन सक्ने संभावनालाई हेरेर नयाँ व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । यद्यपि बैंक तथा वित्तीय संस्थाहरुले भने दुई वर्षसम्म सिम निष्क्रिय गर्न आग्रह गर्दै आएका थिए । तर सिमित सिमकार्ड भएकाले रिसाइकल गर्नै पर्ने बाध्यतामा कम्पनीहरु रहेको गोरखापत्र दैनिकले उल्लेख गरेको छ

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...