सचिवालय बैठक अघि दुई अध्यक्षवीच छलफल

देश    राजनीति

सचिवालय बैठक अघि दुई अध्यक्षवीच छलफल
१७ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच बुधबार साँझ छलफल भएको छ । विहीबार सचिवालय बैठक डाकिएकाले त्यसको पूर्वतयारीका लागि दुई अध्यक्षवीच बुधबार साँझ कुराकानी भएको हो । दुई अध्यक्षवीच के कुराकानी भयो भन्ने बाहिर आइसकेको छैन । तर, वामदेव गौतमले राष्ट्रियसभा सदस्यका लागि दाबी गरेपछि उत्पन्न परिस्थितिबारे छलफल भएको बालुवाटार स्रोतले बतायो । यसका साथै बिहीबार बस्ने सचिवालय बैठकका एजेण्डका सम्बन्धमा समेत दुई अध्यक्षबीच कुराकानी भएको बुझिएको छ ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...