श्रम स्वीकृति खुला

देश    रोजगार

श्रम स्वीकृति खुला
१७ भदौ, काठमाडौं । सरकारले श्रम स्वीकृति खुला गरेको छ । कोरोनाको जोखिमका कारण झन्डै छ महिनादेखि श्रम स्वीकृति रोकिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले रोकिएको श्रम स्वीकृति खुलेको स्पष्ट पार्नुभयो । मन्त्री यादवले कोभिड–१९ को जोखिम कम भएका, सम्बन्धित श्रम गन्तव्य मुलुकसँगको सम्झौता र मागका आधारमा नयाँ श्रम स्वीकृति खुला गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विशेष गरी दक्षिण कोरिया र जापान जान चाहनेका लागि माग आइरहेको छ । कतिपय जाने तयारीमा पनि हुनुहुन्छ तर श्रम स्वीकृति बन्द हुँदा रोकिएको थियो । मन्त्रिपरिषद्ले खुलाउन स्वीकृति दिएसँगै श्रम स्वीकृतिको बाटो खुलेको छ । ” कोरोनाका कारण गत फागुनको अन्तिम सातादेखि नै श्रम स्वीकृति दिन बन्द गरिएको थियो । नयाँ श्रम स्वीकृतिका लागि सेवाग्राही काठमाडौँ नै आउनुपर्ने भएकाले तत्काल सम्भव देखिँदैन । उपत्यकामा कोभिड–१९ को जोखिम उच्च रहेकाले यही भदौ ३ देखि निषेधाज्ञा जारी छ । उपत्यका बाहिरका कतिपय जिल्लामा पनि कोभिडको जोखिम बढेकाले निषेधाज्ञा जारी छ । [caption id="attachment_14131" align="alignnone" width="1024"]मन्त्री यादव मन्त्री यादव[/caption] मन्त्री यादवले निषेधाज्ञा अन्त्य भएपछि माग भएका र कोभिड–१९ को जोखिम कम भएका देश जान इच्छुकले श्रम स्वीकृति लिनसक्ने भएकाले श्रम खुल्दैमा नआत्तिनसमेत आमयुवालाई आग्रह गर्नुभयो । सरकारले पुनः श्रम स्वीकृति (रि–इन्ट्री) भने गत असार १८ देखि खुला गरेको छ । पुनः श्रम स्वीकृति प्रदेशमा रहेका श्रम कार्यालयबाट पनि लिन सकिन्छ तर श्रम स्वीकृतिका लागि भने ताहाचल कार्यालयमै आउनुपर्ने बाध्यता छ । त्यसैले काठमाडौँमा निषेधाज्ञा भएकाले श्रम स्वीकृति खुले पनि निषेधाज्ञा नखुल्दासम्म लिन भने पाइने छैन ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...