विश्वमै पहिलो पटक बिनाऔषधि निको भए एचआइभी संक्रमित

विदेश    स्वास्थ्य

विश्वमै पहिलो पटक बिनाऔषधि निको भए एचआइभी संक्रमित
एजेन्सी । विश्वमा पहिलो पटक एचआइभी संक्रमित व्यक्ति कुनै उपचारबिना नै संक्रमणमुक्त भएका छन् । मानव शरीरको प्रतिरोधक क्षमताले एचआइभी जस्तो खतरानाक भाइरसलाई पूर्णरुपमा निस्तेज पारेको छ । यो घटनाबाट विश्वभरका वैज्ञानिक तथा डाक्टरहरु हैरान भएका छन् । एचआइभीको अहिलेसम्म कुनै उपचार पत्ता लागेको छैन । यो जसलाई हुन्छ, उसलाई आजीवन औषधिको सहारा लिनु आवश्यक हुन्छ । यस्तो भाइरस शरीरमा आफै ठीक भयो भन्दा जो कोही हैरान हुन्छन् । जब उक्त घटना सार्वजनिक भयो, त्यसपछि डाक्टरले उक्त व्यक्तिको शरीरमा रहेको करिब २ सय ४० करोड कोशिकाहरुको जाँच गरे । एचआइभी जित्नेवाला व्यक्तिलाई इसिटू नाम दिइएको छ । साइन्स म्यगजिन नेचरमा प्रकाशित रिपोर्टअनुसार उक्त व्यक्तिको शरीरमा एचआइभीको सक्रिय भाइरस अब छैन । यसको अर्थ उक्त व्यक्तिको शरीरमा रहेको एचआइभीको असर आफै सकिएर व्इक्ति पूर्ण रुपमा भाइरसमुक्त भएका छन् । यस्तै डाक्टरहरुले अर्को व्यक्तिको पनि जाँच गरेका छन् । उनलाई इसिवान् नाम दिइएको छ । उनको शरीरको एक सय ६० करोड कोशिकाको जाँच गर्दा जम्मा एउटामात्रै सक्रिय भाइरस भेटेका छन् । तर, भेटिएको एउटा भाइरस पनि जेनेटिकल्ली निष्क्रिय रहेको बताइएको छ । यसको अर्थ परीक्षण गरिएका दुबै व्यक्तिको शरीरमा एचआइभीको सक्रियता नष्ट गराउने जेनेटिक्स रहेको छ । वैज्ञानिकहरुले यी दुबै व्यक्तिलाई एलिट कन्ट्रोलर्स (इसी) नाम दिएका हुन् । एलिट कन्ट्रोलर्सको अर्थ कुनै औषधिको प्रयोगबिना नै शरीरमा रहेको एचआइभीलाई पूर्णरुपमा निष्क्रिया पार्न सक्ने भन्ने रहेको उनीहरुले बताएका छन् । यी दुबैको शरीरमा एचआइभीको लक्षण अथवा त्यसको माध्यमबाट हुने क्षति नदेखिएको उनीहरुले बताएका छन् । क्यालिफोर्निया विश्वविद्यालयमा एचआइभीका विषयमा सोध गर्ने सत्या दाण्डेकरले निकै धेरै समयमा विकसित हुने इम्युन सिस्टम उनीहरुको शरीरमा देखिएको बताएकी छन् । विश्वमा करिब साढे ५ करोड व्यक्ति एचआइभी संक्रमित रहेका छन् । जसमध्ये ९९.५ प्रतिशत व्यक्तिले नियमित औषधिको सेवन गरिरहेका छन् । वैज्ञानिककाअनुसार यी दुबै व्यक्तिको शरीरमा कमजोर एचआइभीको भाइरस रहेको पनि हुनसक्छ । यीसँगै उनीहरुले अन्य ६४ जना एलिट कन्ट्रोलर्सहरुमा पनि अध्ययन गरेका छन् । जसमध्ये ४१ जनाले औषधिको सेवन गरिरहेका थिए । तर, यी दुबै व्यक्तिले औषधि नलिएको र भाइरस पनि शरीरमा नरहेको पाइएको हो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...