विदेशबाट आएकालाई होल्डिङ सेन्टरबाट घर पठाउने नाममा ठगी

देश

विदेशबाट आएकालाई होल्डिङ सेन्टरबाट घर पठाउने नाममा ठगी
यातायात व्यवसायीहरुले विदेशबाट उद्धार गरी ल्याइएका नागरिहरुलाई होल्डिङ सेन्टरबाट घर पठाउने नाममा ठग्ने क्रम बढेको आरोप लगाएका छन् । विदेशबाट उद्धार गरी ल्याइएका नेपाली नागरिकलाई होल्डिङबाट घर पठाउने क्रममा गाडी भाडमा ठगी भएको उनीहरुले आरोप लगाएका छन । सार्वजनिक यातायात केन्द्रिय महासंघका वरिष्ठ उपाध्यक्ष किरण कुमार रिजालले अमुक व्यक्तिहरुले सेटिङमा यात्रुलाई ओसार्ने काम गरिरहेको बताए । उनले, ‘‘जनकपुरसम्मको २ हजार भाडा लिएर १२ जनालाई २४ हजारमा लगिएको छ । गाडी धनीलाई १६ हजार मात्रै दिएको प्रमाण हामीसँग छ ।’’ व्यवसायीले सहज र सुलभ दरमा यात्रुलाई बोक्छौँ भनेर पटक पटक गरेको आग्रहको बेवास्ता गर्दै सरोकारवाला निकायले नै यात्रुलाई ठग्ने र व्यवसायीलाई लुट्ने काम गरेको उनले दावी गरे । आफ्ना मागहरु सम्बोधन नभए गाडी सडकमा उतारेर आन्दोलनमा उत्रिने उनले बताए । संक्रमण भए÷नभएको एकिन गरी होल्डिङ सेन्टरबाट गन्तव्यमा पु¥याउने गरी वैज्ञानिक व्यवस्थापन हुनुपर्ने महासंघको माग छ । वास्तविक व्यवसायीहरुलाई वैज्ञानिक तरिकाले गाडी शुल्क पाउनुपर्ने र यात्रुलाई ठगीनबाट रोक्नुपर्ने उनले बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...