युएईमा कोभिड – १९ को नयाँ संक्रमित ३८७,संक्रमित संख्या ४७,३६० र संक्रमित १ जनाको मृत्यु ।

अन्य

  मानु कोन्मे / युएई , युएईको  स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ५२ हजार भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नंया परिणाम २०२० जुन २७ तारिख शनिबार ३८७ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ।  नयाँ भेटिएको  संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या ४७,३६० जना पुगेको छ। युएईमा कोभिड - १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् ३६५ जना पुर्णरुपमा निको भएका छन। उपचार पश्चात् हाल सम्म  संक्रमित भएका ३५,८३४ जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार भइरहेका आज थप १ जनाको मृत्यु भएको छ। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या ३११ जना पुगेको छ भने संक्रमित बिरामी संख्या  ११,२१५ जना रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको  छ। त्यसैगरि नेपाल राजदुतावास युएईले प्रेस विज्ञाप्ति जारी गरि दूतावास युएईले विश्वभरी महामारी फैलिएको कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान स्थगन भइ सृजना भएको असहज परिस्थितिमा युएईमा रहेका नेपाली नागरिकहरु लाई सहयोग गर्न र घर नेपाल फिर्ती लाई सहजीकरण गर्न दूतावासले निरन्तर प्रयास गर्दै आएको, युएईमा रहेका नेपाली नागरिकहरु लाई नेपाल फर्काउने क्रम शुभरम्भ भएको र जुन १९ देखी २७ तारीख २०२० सम्म ११ वटा चार्टर्ड उडान मार्फत १८८९ नेपाली नागरिकहरु स्वादेश फर्की सकेको र यो क्रम जारी रहेको जनाएको छ। दूतावासको बिज्ञाप्तीमा लामो समय सम्म समस्यमा ग्रस्त भइ नेपाल जानू पर्ने अवस्था रहेका नेपालीहरुको संख्या उल्लेख्य रहेको र कतिपय स्वयं दूतावास समक्ष उपस्थित भइ आफ्न समस्याहरु राख्ने गरेको छ भने यसरी आउने नेपालीहरु लाई दूतावासले आवश्यक सहयोग गर्नुको साथै यथार्थ सूचना र जानकारी उपलब्ध गराउदै आएको उक्त बिज्ञाप्तीमा जनाएको छ। यसै क्रममा शिव बच्चन शाह रौनियार र उनी संग सम्बन्धित केहि भिडियो तथा प्रकाशित समस्य प्रति ध्यानाकर्षण गर्दै निज तथा उक्त भिडियो सम्बन्धमा निजले आफ्नो गुनासो दूतावासमा जानकारी गराए पश्चात् तत्कालै सम्बन्धित कम्पनीमा समाधानको लागि पहल गरेको तर निजले सो कम्पनीमा २/३ महिना मात्र काम गरि छाडेको बुझिएको छ। निज लाई दूतावास बाट आवास सम्म जानको लागी यातायात खर्च समेत प्रदान गरिएको र कतिपय अवस्थामा निजको लागि दूतावासले सवारी साधन व्यवस्था समेत गरेको बिज्ञाप्तीमा उल्लेख गरिएको छ। नेपाल फिर्तीको लागी निजको नाम प्राथमिकता साथ सार्वजनिक गरिएको तर निजले हवाइ टिकट खरिद गर्न नसक्ने जनाएकोले दूतावास को समन्वयमा हवाइ टिकट व्यवस्था गरिएको छ। नेपाल एयरलाइन्सको जुन २७ तारिखको उडान बाट निजलाइ नेपाल पठाउने गरि टिकट व्यवस्था भएकोमा इमिग्रेशन सम्बन्धि समस्य देखा परेकोले निजको उक्त दिनको उडान रद्द भएको छ भने अवाश्यक प्रक्रिया पुरा गरि आउदो जुन ३० तारीख सोही एयरलाइन्स मार्फत नेपाल फर्किने तयार भएको छ। सोको लागि नेपाल राजदुतावासले सहजीकरण गरेको र निजको खाने बस्ने प्रबन्ध युएई स्थित नेपाली समुदाय संग समन्वय गरिएको बिज्ञाप्तिमा उल्लेख गरेको छ। निज दूतावास बारम्बार आइ विभिन्न भिडियो बनाउने र गलत सन्देश प्रवाह हुने गरि सार्वजनिक गर्ने कार्य प्रति राजदुतावासले दु:ख व्यक्त गरेको र यस कठिन परिस्थितिमा युएईमा रहेका नेपाली नागरिकहरु लाई सघाउन यस राजदुतावास सदैव क्रियासिल रहेको व्यहोरा सबैमा पुन: अनुरोध गर्दछ नेपाल दूतावास युएईले विज्ञाप्तीमा उल्लेख गरेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...