मोदी गाउँपालिकाको चौथो स्थापना दिवसको अवसरमा मिलन फाउन्डेसनका दुर्गा गुरुङ मिलन सम्मानित ।

अन्य

मार्च १७ मनु कोंमे तमु फिष्टेल न्यूज पोखरा :-मोदी गाउँपालिकाले चौथो स्थापना दिवस एक विशेष कार्यक्रमका बिच भव्यताका साथ मनाएको छ । कार्यक्रम प्रतिनिधि सभाका सदस्य पदम गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

उक्त स्थापना दिवस समाहरोहमा स्वास्थ्य,शिक्षा तथा खेलकुद क्षेत्रमा याेगदान पुर्‍याएको भन्दै मिलन फाउन्डेसन नेपालका संरक्षक दुर्गा गुरुङ मिलन सम्मानित भएको छ। त्यसैगरी विभिन्न विधा तथा क्षेत्रहरुमा उल्लेखनिय योगदान पुर्‍याउदै आएका संघ संस्था,उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, शिक्षक, उपभोक्ता समिति, जग्गा व्यवस्थापन समिति, होमस्टे, राष्ट्रिय स्तरका खेलाडी , उद्धमीहरुलाई पुरस्कार रकम र प्रमाणपत्र द्वारा सम्मान गरेको थियो भने मोदी गाउँपालिका बाट सरुवा भइ जाने कर्मचारीहरुलाई मायाको चिनो समेत प्रदान गरेको थियो ।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने राष्ट्रसेवक कर्मचारी तर्फ भास्कर रेग्मी(कम्प्युटर अपरेटर), प्रकाश चन्द्र सुवेदी(कविराज), गायत्री चपाइ(वडा सचिव वडा नं. २),
शिक्षक तर्फ भुमिराज शर्मा (जननेत्र मा वि), मोति थापा (डिमुवा प्रा वि) ,उत्कृष्ट कार्य गर्ने उपभोक्ता समिति तर्फ हलहले उद्धम भवन निर्माण उपभोक्ता समिति ,खेलाडि तर्फ हिरा के सी मोदी २,उद्धमी तर्फ प्रेम बहादुर पुन (लेस्पार पाउरोटी उद्धोग मोदी ४),कृषि फर्म ग्रिन भिलेज कृषि फर्म मोदी ७ ,पशु फर्म विशाल पशुफर्म मोदी ६,होमस्टे तर्फ सामुदायिक होमस्टे मोदी ८ चित्रे लाई सम्मान गरेको थियो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...