मेस्सी र ग्वार्डीओलावीच टेलिफोनबार्ता

खेलकुद

मेस्सी र ग्वार्डीओलावीच टेलिफोनबार्ता
एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला र बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीबीच कुराकानी भएको चर्चा चलेको छ । आफूले क्लब छाड्न चाहेको पत्र पठाएको अघिल्लो दिन सोमबार मेस्सी र ग्वार्डिओलाबीच छलफल भएको बताइएको छ । मेस्सीले बार्सिलोना छाड्न चाहेको समाचारले मंगलबार निकै चर्चा पाएको थियो । पछिल्लो समय असन्तुष्ट रहँदै आएका मेस्सी झन्डै दुई दशक लामो सम्बन्ध अन्त्य गर्ने मनस्थितिमा पुगेका छन् । ग्वार्डिओलाले बार्सिलोनाको अवस्थाका बारेमा जान्नका लागि मेस्सीसँग कुरा गरेको बताइएको छ । आफ्ना पूर्व प्रशिक्षक समेत रहेका ग्वार्डिओलासँग मेस्सीको सम्बन्ध राम्रो रहेको बताइन्छ । ग्वार्डिओलाको नेतृत्वमा बार्सिलोनाले उच्च प्रदर्शन गरेको थियो । यो सिजन भने बार्सिलोनाका लागि बिर्सनलायक रह्यो । लामो समयपछि बार्सिलोना पहिलो पटक सिजनमा उपाधि विहिन भएको छ । ला लिगामा दोस्रो भएको बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्यन म्युखिनसँग ८–२ ले पराजित भएको थियो । त्यसपछि बाटै मेस्सीले यो सिजनको अन्त्यपछि क्लब छाड्न सक्ने आँकलन गरिएको थियो । उनको क्लबसँग सम्झौता भने अर्को वर्ष सम्म रहेको छ । यद्यपि मेस्सीलाई भित्राउन सकेको खण्डमा ग्वार्डिओला खुसी हुनेछन् । उनले यसअघि पनि मेस्सी भित्र्याउने सम्भावनाबारे प्रश्न गर्दा मेस्सीले बार्सिलोना नछाड्ने भएकाले त्यसबारे सोच्न नसकिने बताएका थिए । सिटी मेस्सीलाई खरिद गर्न ३ सय मिलियन युरो सम्म खर्च गर्न तयार हुने बुझिएको छ । सिटीसँगै इन्टर मिलन, पेरिस सेन्ट जर्मेन जस्ता केहि क्लब मेस्सीलाई बार्षिक ५० मिलयन युरो पारिश्रमिक दिन सक्षम छन् । तर सिटीले बार्सिलोनाको नजरमा रहेका एरिक गार्सिया, एन्जेलिनो लगायत खेलाडीसहितको प्रस्ताव अगाडि बढाउन सक्छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...