माघ्या सकराटी सांगीतिक साँझ २०७९ कार्यक्रमको इजरायलमा अन्तिम तयारी पुरा |गायिका तारा श्रीस मगर बिशेष साँझ हुने |

अन्य

११ जनवरी २०२३ ,तेल-अभिब इजरायल

कार्यक्रम ब्यानर

नेपाल मगर संघ शाखा इजरायलको आयोजनामा -मौलिक पर्बको प्रवर्द्धन र पहिचान सहित अक्षयकोष अभिवृद्धि लागी " नेपालबाट आमन्त्रित ख्यातिप्राप्त राष्ट्रिय कलाकार द भ्वाईस अफ नेपाल सिजन ३ की उपबिजेता गायिका श्री तारा श्रीस मगर ज्युको सांगीतिक प्रस्तुतिहरु सहित माघ्या सकराटी संगीतिक साँझ २०७९ कार्यक्रम एभरेस्ट क्लबको हल ,तखना मर्कजित - तेल अभिबमा यहि आउँदो मिती १३ जनवरी २०२३ शुक्रबार हुने भएको छ | गायक, मोडल रमेश बाबु थापा मगर पनि उपस्थित रहने भनियतापनि कागजी प्रक्रियामा केहि समस्याका कारण उँहा उपस्थित हुन नसक्ने आयोजक संस्थाले जानकारी दिएको छ |नेपाली राजदुतावास इजरायलको प्रमुख आतिथ्यता रहने उक्त कार्यक्रममा स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुतिहरु सहित ,मौलिक मगर परिकारका साथमा अन्य खानपिन र मनोरन्जनका लागी कार्यक्रमको अन्ततिर डिजे धमाका पनि रहने भएको छ | कार्यक्रमका लागी सम्पूर्ण तयारी पुरा भईसकेकोले कार्यक्रमका उपस्थित हुन चाहनेहरुले टिकटका लागी मगर संघ शाखा इजरायलका कुनैपनि पदाधिकारीहरुलाई सम्पर्क गर्न सकिने कार्यक्रम संयोजक ज्युले जानकारी दिनुभयो |

कार्यक्रममा हुने मिती :१३ जनवरी २०२३ शुक्रबार स्थान : एभरेस्ट क्लब ,तखना मर्कजित - तेल अभिब इजरायल समय : ७:०० बजे साँझ आयोजक: नेपाल मगर संघ शाखा इजरायल ।

https://www.youtube.com/watch?v=tUNJLYE3prk

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...