भारतीय पूर्व राष्ट्रपति मुखर्जीको कोरोना संक्रमणबाट निधन

विदेश

भारतीय पूर्व राष्ट्रपति मुखर्जीको कोरोना संक्रमणबाट निधन
१५ भदौ, काठमाडौं । भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको कोरोना संक्रमणबाट निधन भएको छ । उनको आज सोमबार ८४ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मस्तिष्कको सर्जरी गर्न अस्पताल पुगेको मुखर्जीलाई कोरोना पोजेटिभ देखिएको थियो । मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए । केही समयअघि मुखर्जीलाई कोरोना संक्रमण देखिएको थियो । संक्रमण भएपछि उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उनलाई कोमामा राखिएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...