बेरोजगारलाई रोजगार दिने सरकारको “श्रम सूचना बैंक” सञ्चालनमा

देश    रोजगार

बेरोजगारलाई रोजगार दिने सरकारको “श्रम सूचना बैंक” सञ्चालनमा
१४ भदौ, काठमाडौं ।  बेरोजगारलाई रोजगारी खोज्न सहयोग गर्ने “श्रम सूचना बैंक” खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आइतबार बैंकको औपचारिक उद्घाटन गरेका हुन् । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् ल्याएको यस कार्यक्रमलाई मन्त्री रायले कार्यान्वयनमा ल्याएका हुन् । सरकारले बजेटमा प्रत्येक स्थानीय तहमा रहेका श्रम सूचना केन्द्रलाई श्रम बैंकको रुपमा रुपान्तरण गर्ने घोषणा गरेको थियो । श्रम सूचना बैंक वेरोजगारलाई रोजगारी खोजिदिने नेपाल सरकारको स्वामित्वको एउटा प्लेटफर्म हो । यो बैंकमा रोजगारदाताले आफ्नो आवश्यकता अनुसार श्रमिकको माग गर्न सक्छन् भने श्रमिकले पनि आफ्नो रुचि र क्षमताअनुसार विभिन्न क्षेत्रमा श्रमको लागि आवेदन दिन सक्नेछन् । यसका लागि श्रम बैंकको आधिकारिक वेभसाइट (www.lib.gov.np) मा गएर रोजगारदाता र श्रमिक दुवै पक्षले आफ्ले चाहेको श्रमिक वा रोजगारीको विवरण प्रविष्ट गर्नु पर्नेछ । श्रमिकले रोजगारदाताले राखेको विज्ञापनमा आवेदन दिनसक्ने व्यवस्था समेत गरिएको छ । यो बैंकले क्षेत्रगत रुपमा रोजगारीको माग र आपूर्तिको बारेमा तथ्यांक संकलन गर्ने उद्देश्य पनि राखेको । श्रममन्त्री रायले श्रम बैंकमा रोजगारदाता र श्रमिकको आवद्धता बढ्दै जाँदा श्रमको माग हुने र श्रमिकहरुले माग गर्ने क्षेत्रको बारेमा सूचना थाहा हुने भएकोले यसले रोजगारीका क्षेत्र र सीप विकासमा लागि सजिलो हुने विश्वास समेत व्यक्त गरे । श्रम बैंकमा सीप नभएका श्रमिकले समेत सहभागित जनाउन पाउनेछन् । कुनै रोजगारदाताले सीम नभएका श्रमिकलाई सीप सिकाएर काममा लगाउन चाहेमा सो श्रमिकको तालिम अवधिको आधा पारिश्रमिक सरकारले व्यहोर्ने व्यवस्था समेत गरेको छ । यसका लागि सरकारले १ अर्ब रुपैंयाको बजेट विनियोजन समेत गरेको छ । सरकारले यो कार्यक्रमबाट करिब ५० हजार नयाँ जनशक्ति उत्पादन गर्ने लक्ष्य सरकारले राखेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...