बार्सिलोना छाडेर सेभिया फर्किए राकिटिक

खेलकुद

बार्सिलोना छाडेर सेभिया फर्किए राकिटिक
एजेन्सी । क्रोएसियन मिडफिल्डर इभान राकिटिक स्पेनिस क्लब बार्सिलोना छाडेर अर्को स्पेनिस क्लब सेभियामा आबद्ध भएका छन्। राकिटिक सुरुवाती १.५ मिलियन पाउन्डमा आफ्नो पुरानो क्लब सेभियामा फर्किएका हुन्। ३२ वर्षीय राकिटिकसँगको अन्तिम सम्झौता मूल्य १० मिलियन पाउन्डसम्म हुनेछ। यस्तै उनीसँग अन्य सम्झौता हुनेछ। अहिले सेभिया र राकिटिकबीच चार वर्षको सम्झौता भएको छ। तर जाँदा जाँदै राकिटिकले चित्त दुखाएका छन् । उनी भन्छन्, 'मैले क्लव छोड्नु पर्नको कारण के हो, मैले थाहा पाईन ।' उनको यो अभिव्यक्तिबाट के बुझ्न सकिन्छ भने उनी अझै केही समय बार्सिलोनामा बिताउन चाहान्थे । नयाँ प्रशिक्षक रोनाल्ड कोएम्यानको योजनामा नपरेपछि बार्सिलोनाले उनलाई सेभियालाई बेचेको हो । राकिटिक सन् २०१४ मा सेभिया छाडेर बार्सिलोनामा आबद्ध भएका थिए। बार्सिलोनामा ६ वर्ष रहदा उनले २ सय खेल खेल्दै २५ गोल गरे। त्यसअघि उनले सेभियाबाट सन् २०११ देखि २०१४ सम्म खेलेका थिए। स्पेनमा आउनुअघि राकिटिकले सन् २००७ देखि जर्मन क्लब साल्केबाट खेलेका थिए। राकिटिकले आफ्नो व्यवसायिक खेल भने सन् २००५ मा स्विस क्लब बासेलबाट सुरू गरेका थिए।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...