बामदेव गौतम उपप्रधानसहित अर्थमन्त्री बन्दै !

देश    राजनीति

बामदेव गौतम उपप्रधानसहित अर्थमन्त्री बन्दै !
१६ भदौ, काठमाडौं । नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टी उपाध्यक्ष बामदेव गौतम उपप्रधानसहित अर्थमन्त्रीको नेतृत्व गर्नेगरी राष्ट्रियसभामा जाने तयारी भइरहेको खुलासा गरेका छन् । उपाध्यक्ष गौतमबारे आगामी भदौ १८ गते बस्ने सचिवालय बैठकले ठोस निर्णय गर्ने बताए । उनले सचिवालय बैठकले कार्यदलको सुझाव कार्यन्वयनका लागि छलफल गरेर निर्णय गर्ने भन्दै गौतम उपप्रधानसहित अर्थमन्त्रीको नेतृत्व गर्नेगरी राष्ट्रियसभामा जाने दाबी गरे । ‘१८ गतेकै बैठकले राष्ट्रियसभामा बामदेव गौतमलाई लैजाने पुर्व निर्णयको कार्यन्वयन गर्छ, नेकपा कार्यदलका सदस्यसमेत रहेका शर्माले भने, ‘गौतम पार्टीको घोषणापत्र लेख्ने मुख्य मान्छे भएकाले पनि त्यसको कार्यान्वयन गर्ने बेलामा उहाँलाई सरकारमा लैजानुपर्ने हुन्छ,’ शर्माले थपे, ‘वामदेवजीले अर्थमन्त्रालयको नेतृत्व गर्नुभयो भने सरकारको काम थप प्रावकारी हुन्छ ।’ राष्ट्रपतिबाट मनोनित राष्ट्रियसभा सदस्य बनेर २ वर्ष मन्त्री भएका खतिवडा भदौ २१ गतेपछि फेरि राष्ट्रिय सभामा सिफारिस हुन्छन् कि हुन्नन् भन्नेमा आशंका उब्जिएका बेला शर्माले यस्तो बताएका हुन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...