पोखरामा बिहीबार २९ जना संक्रमित थपिए, तनहुँमा २

देश    स्वास्थ्य

पोखरामा बिहीबार २९ जना संक्रमित थपिए, तनहुँमा २
१८ भदौ, पोखरा । कास्कीको पोखरामा थप २९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका १० वटा वडामा ६ जना महिलासहित २९ जनालाई कोरोना संक्रमण पुष्टि भएकको हो । सबै संक्रमित यसअघि संक्रमित व्यक्तिको कन्टयाक्ट ट्रेसिङका आधारमा पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । पोखरा वडा नं १, १६ , ३० र ५ मा १–१ जना संक्रमित भएका छन् भने वडा नं १३ मा २ जना , १२ मा ८ जना , १० मा ७ जना , २७ मा ३ जना , १४ मा २ जना र ८ मा २ जनालाई कोरोना संक्रमण देखिएको छ । एक जनाको भने ठेगाना खुलेको छैन । तनहुँको व्यास नगरपालिका- १ र ४ मा एक जना महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार ३ सय ८ पुगेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...