पोखरामा एकैदिन २८ फरार प्रतिवादी पक्राउ

अपराध

पोखरामा एकैदिन २८ फरार प्रतिवादी पक्राउ
१७ भदौ, पोखरा । कास्की प्रहरीले  एकैदिन विभिन्न मुद्दामा फरार रहेका २८ प्रतिवादीहरुलाई पक्राउ गर्न सफल भएको छ । कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयको फैसलाले विभिन्न मुद्दामा कैद र जरिवाना तोकी हालसम्म फरार २८ जनालाई मंगलबार पक्राउ गरिएको हो । स्याङ्जा कोल्मा स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका–२७ बस्ने २९ वर्षीय अनिल थापा मगर पक्राउ परेका छन् । मगर सरकारी छाप दस्तखत कीर्ते मुद्दामा १ वर्ष कैद र ५० हजार जरिवाना तोकिएकोमा हालसम्म फरार थिए । यस्तै कास्की पोखरा महानगरपालिका–१० बस्ने बैकिङ् कसुर मुद्दाका ५३ वर्षीय धिरज गुरुङलाई पनि पक्राउ गरिएको एसपी श्रेष्ठले बताए । गुरुङलाई ७ दिन कैद र ९ लाख ४० हजार जरिवाना तोकिएकोमा हालसम्म फरार नै थिए । त्यस्तै सार्वजनिक मुद्दामा २५० देखि ५ हजारसम्म जरिवाना तोकी हालसम्म फरार रहेका २६ जना पक्राउ परेको एसपी श्रेष्ठ बताउँछन् । पक्राउ परेका २८ जनालाई नै जिल्ला अदालत कास्की पठाइएको प्रहरीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...