पिएसजीका तीन खेलाडीलाई कोरोना

खेलकुद

पिएसजीका तीन खेलाडीलाई कोरोना
फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमारसहित तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । २८ बर्षिय ब्राजिलियन स्टार नेयमारलाई कोरोना संक्रमण भएको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ । उनीसँगै टिमका अर्जेन्टाईन विंगर एन्जेल डि मारिया र अर्का खेलाडी लियन्द्रो परेदेशलाई पनि संक्रमण पुष्टि भएको बताइएको छ । नेयमार, डी मारिया र पारेडेससँगै अन्य खेलाडी स्पेनको इबिजा बिचमा छुट्टी मनाउन गएका थिए । यूईएफए च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिखसँग पराजित भएपछि पीएसजी पहिलो उपाधिबाट बन्चित भएको थियो । पीएसजी इतिहासमै पहिलो पटक फाइनलमा प्रवेश गरेको थियो । फ्रान्सेली लिगको नियम अनुसार अब पीएसजीको लिग खेल पनि स्थगित हुने सम्भावना बढेको छ । लिगको नियम अनुसार ८ दिनको अन्तरमा ४ भन्दा बढी खेलाडीमा कोरोना संक्रमण देखिए खेल स्थगित गर्नुपर्ने छ । क्लबले केहि दिनमा नै अन्य खेलाडी र टोली सदस्यको कोरोना परिक्षण गर्नेछ । भर्खरै च्याम्पियन्स लिग खेलेका कारण पीएसजीको सिजनको पहिलो खेल सेप्टेम्बर १० लाई सारिएको थियो । पीएसजीले लेन्ससँग खेल्दै फ्रेन्च लिग वानको सुरुवात गर्ने तालिका रहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...