नेहा मंजु गुरुङ फाउण्डेसनद्वारा क्यान्सर पिडित सुजाता श्रेष्ठलाई आर्थिक सहयोग ।

अन्य

चैत २३ काठमाडौँ –नेहा मंजु गुरुङ फाउण्डेसनद्वारा क्यान्सर पिडित सुजाता श्रेष्ठलाई आर्थिक सहयोग गरिएको छ।हाल अमेरिका निवासी समाजसेवी तथा श्री सत्य साइ इन्टरनेसनल अर्गाइनेसन इजराइलको पुर्ब अपाध्यक्ष सुर्य सिम्खडाले उक्त सहयोग रकम रु.८२,०००(बयासी हजार)बिरामीलाई हस्तान्तरण गरेका थिए। आर्थिक अबस्था अतिनै दयनिय भएर क्यान्सर रोग संग लडिरहेकी र उपचार गर्न कठिनाइ भोगीरहेकी सुजाता श्रेष्ठलाइ नेहा मंजु गुरुङ फाउण्डेसन तथा संस्थाकि अध्यक्ष हाल इजरायल निवासी नेहा मंजु गुरुङ साइरमको संयोजकत्वमा संकलितरकम पिडितलाइ हस्तान्तरण गरेको छ।
बिगत लामो समयदेखि सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएकी बरिष्ठ समाजसेवी नेहा मंजु गुरुङ आध्यात्मिक व्यक्तित्व समेत हुन्। श्री सत्य साइ सिमलचौर सेन्टर पोखराकि संस्थापक अध्यक्ष, श्री सत्य साइ इन्टरनेसनल अर्गाइनेसन इजराइलको अध्यक्ष समेत रहेकी नेहा मंजु फाउण्डेसनकि संस्थापक अध्यक्ष नेहाले नेहा मंजु फाउण्डेसन मार्फत विभिन्न कार्यमा (दर्जनौ अनाथ आश्रमहरुमा आर्थिक, खाद्यान्न, शैक्षिक सामग्री, लत्ता कपडा लगायातका सामग्रीहरु) सहयोग गर्दै आएको छ।भबिष्यमा पनि समाजसेवामा निरन्तर लागिरहने र दुखि पिडितको सेवामा लागि रहने कुरा समाजसेवी तथा नेहा मंजु फाउण्डेसनकि अध्यक्ष नेहा मंजु गुरुङले जानकारी गराईन।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...