नेशनल लाईफ इन्सोरेन्श कम्पनि लिमिटेड लेखनाथ शाखाले घातक रोग लाभ दाबी भुक्तानी|

अन्य

जुलाई ०१ पोखरा फिष्टेल न्युज , नेशनल लाईफ इन्सोरेन्श कम्पनि लिमिटेड लेखनाथ शाखाले घातक रोग लाभ दाबी भुक्तानी गरेको छ | कम्पनीले लेखनाथ शाखामा आयोजित एक कार्यक्रम मा लेखनाथ उद्योग बाणिज्य संघ का बरिस्ठ उपाध्क्षय छत्र धर आत्रेय ज्यु ले कम्पनीले प्रदान गरेको रु २० लाख को चेक कम्पनि मा बिमित पोखरा १४ चाउथे निवासी विजय गुरुङ ज्यु लाइ हस्तान्तरण गर्नु भयो | निज गुरुङ ले नेशनल लाईफ इन्सोरेन्स कम्पनि मा २०७७ असोज महिना मा संजीवनी सावधिक अमृत बिमा गर्नु भयको मा २०७७ चैत्र मा फस्ट हार्ट अट्याक भै मणिपाल शिक्षण अस्पताल मा उपचार गरि पूर्ण स्वास्थ्य लाभ गर्नु भयको थियो | सो कार्यक्रम मा आफ्नो मन्तब्य राख्दै लेखनाथ उधोग बाणिज्य संघ का बरिस्ठ उपाधक्ष्य तथा प्रमुख अतिथि छत्र धर आत्रेय ज्यु ले जिबन बिमा जोखिम व्यवस्थापन को एक मात्र माध्यम भयको र पछिल्ला दिन मा घातक रोग हरु को उपचार सहज होस् भनि ठुलो धनराशी उपचार बापत दिने यस पद्धति ले आम जनता लाइ रोग को उपचार गर्न निकै सहयोग पुर्यायको बताउनु भयो | जिबन बिमा बचत मात्र नभई जिबन को सर्वोत्तम सम्पति भयको ले सबै लाइ जिबन बिमा गर्न आग्रह गर्नु भयो | कार्यक्रममा कम्पनिका लेखनाथ शाखा प्रमुख छबिलाल पौडेल ले आफ्नो मन्तब्य राख्दै निज बिजय गुरुङ लाइ कम्पनि ले घातक रोग बापत को रु २० लाख भुक्तानी गरे पनि जिबन बिमा को करार समाप्त नभयको र उहाले बिमा अबधि समाप्ति पछी पनि मूल रकम र बोनम पाउने जानकारी दिदै व्यस्त जिबन शैली, अस्वस्थकर खानपिन को कारण लाग्ने घातक रोग को खर्चिलो उपचार पद्धती लाइ सामान्य मानिसले आफु अनुकुल बनाउन आज को दिनमा घातक रोग लाभ सहित को जिबन बिमा अपरिहार्य भयकोले सबै लाइ जिबन बिमामा सामेल हुन अनुरोध गर्नु भयो |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...